
दन्तेवाडा (भारत), कात्तिक १३ । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकारसहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ)का दुईजना जवानको मृत्यु भएको छ ।
मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूरदर्शनका क्यामरापर्सन रहेका छन् ।
दूरदर्शनको टोली र गस्तीमा रहेको प्रहरीको टोलीमाथि अरानपुर जिल्लामा आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
आक्रमणमा दुईजना प्रहरी घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रहरीले उक्त स्थानमा खोजी अभियान सुरु गरिसकेको वरिष्ट प्रहरी अधिकारी पी सुन्दर राजले बताए ।
सुरक्षाफौज र अरु उच्च अधिकारीहरु तत्कालै घटनास्थल पुगेका थिए । रासस/एएनआई
प्रतिक्रिया दिनुहोस्