११ भाद्र २०८२, बुधबार | Wed Aug 27 2025


अमेरिकामा घातक सुइ लगाएर मृत्युदन्ड


0
Shares

वासिङटन, कात्तिक १३ । अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुइ लगाएर सोमबार मृत्युदन्ड दिइएको छ ।

रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए ।

उनी दुईओटा हत्या प्रयास र एउटा बलात्कारमासमेत दोषी पाइएको थियो ।

उनका दाजुलाईसमेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या गरेको दोषी प्रमाणित भएपछि १८ वर्षअघि ओक्लाहोमा राज्यमा मृत्युदन्ड दिइएको थियो ।

अदालती सुनुवाइकाक्रममा बर्गेटले आफू मृत्युदन्डको सजाय पाउनयोग्य रहेको बताएका थिए । तैपनि, अपिलका कारण उनको सजायमा ढिलाइ भएको थियो ।

तर, सन् २०१६ मा उनले अपिल फिर्ता लिएका थिए । उनले अपिल फिर्ता लिनेक्रममा जेलको कठघरामा अरु ३० वर्ष बिताउन नचाहेको बताएका थिए ।

सन् १९७६ मा साउथ डकोटा राज्यमा मृत्युदन्डसम्बन्धी सजाय दिने कानुन पुनः जीवित गरिएपछि राज्यमा यो चौथो मृत्युदन्डको सजाय हो ।

उनका दाजु रोजर बर्गेटलाई एक शिक्षकको हत्यामा दोषी ठहर गरी ३९ वर्षको उमेरमा ओक्लाहोमामा सन् २००० मा मृत्युदन्ड दिइएको थियो ।

अमेरिकी सन्चारमाध्यमहरुले दुवै दाजुभाइ मदिरा सेवन र हिंसाको पृष्ठभूमिमा हुर्किएको बताएका छन् । रासस/एएफपी