
वेलिङ्टन, कात्तिक १३ । न्यूजिल्यान्डको मध्य क्षेत्रमा मंगलबार ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पबाट कुनै खास क्षति नपुगेको न्यूजिल्यान्डका अधिकारीहरुले बताएका छन् ।
वेलिङ्टनमा संसदको बैठक चलिरहँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
भूकम्पलगत्तै सांसदहरुले छलफल बीचमै स्थगित गरेर सुरक्षित स्थानमा गएका थिए ।
अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ६.१ म्याग्निच्यूडको रहेको जनाएको छ । वेलिङ्टनबाट ३४० किलोमिटर उत्तरपूर्वमा जमिनको सतहबाट २०७ किलोमिटरमुनि भूकम्पको केन्द्रविन्दु रहेको न्यूजिल्यान्डको आधिकारिक निकाय ‘जियोनेट’ले जनाएको छ ।
प्रधानमन्त्री जासिन्डा आर्डेनले मुलुकको मुख्य भू–भागमा धक्का अनुभव गरिएकाले सचेत रहन सबै नागरिकसँग आग्रह गरेकी छन् ।
गृहमन्त्री क्रिस फाफोइले भूकम्पबाट कुनै क्षति वा चोटपटक लागेको खबर नआएको बताए ।
उनले संसदको कारबाहीलाई केही समयका लागि रोकिएको जानकारी दिए ।
न्यूजिन्यान्डमा प्रत्येक वर्ष १५ हजारसम्म भूकम्पका झट्का अनुभव हुने गर्दछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्