विराज रोस्यारा/ईमेज:
कैलाली । सुदूरपश्चिम प्रदेशमा बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुँदा सर्वसाधारणले हैरानी खेप्दै आएका छन् ।
व्यवसायीको चलखेल र व्यवस्थापकीय कमजोरीका कारण बेला बेलामा पेट्रोलियम पदार्थको अभाव हुने गरेको धेरैको बुझाइ छ ।
कैलाली–कञ्चनपुर लगायतका जिल्लामा पटकपटक पेट्रोलियम पदार्थको अभाव खट्किरहने गरेको छ ।
बजारमा पेट्रोलियम पदार्थ अभाव हुँदा कतिपयले महंगो मुल्य तिरेरै भए पनि भारतीय सीमावर्ती बजारमा खरिद गरेको गुनासो गर्छन् ।
भारतमा नेपाल भन्दा महंगो डिजेल र पेट्रोल भएका कारण सिमावर्ती बजारबाट यसको कालोबजारी समेत हुने गरेको छ ।
सुदूरपश्चिम कार्यालयको भण्डारण क्षमता कम हुँदा पेट्रोलियम पदार्थको हाहाकार हुने गरेको छ ।
त्यसका अतिरिक्त ट्यांकरको अभावमा पनि समस्या निम्तिएको डिलर व्यवसायी बताउँछन् ।
सुदूरपश्चिम प्रदेशमा अहिले ६० वटा ट्यांकरले पेट्रोलियम पदार्थको ढुवानी गरिरहेका छन् ।
आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयमा भण्डारणका लागि ७० हजार लिटर पेट्रोलको क्षमता र १५ लाख लिटर डिजेलको भण्डारण क्षमता छ ।
यता, भण्डारण क्षमताको बृद्धि गर्ने र थप ट्ंयाकरको व्यवस्था गर्ने बिषयमा छलफल भइरहेको कार्यालयका लेखा प्रमुख गणेश टमाटाको भनाई छ ।
यस्ता अत्यावश्यक पदार्थको आपूर्तीमा सरोकारवाला निकायले ध्यान लगाएर काम नगरेरै पटकपटक सर्वसाधारणले अभाव झेल्नुपरेको हो ।









प्रतिक्रिया दिनुहोस्