Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


इन्द्रसरोवर ताल घुम्न पुग्ने पर्यटकको संख्या बढ्यो


0
Shares

हेटौंडा । मकवानपुरको इन्द्रसरोबर ताल घुम्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–१ मार्खुमा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलासय इन्द्रसरोबरको मनोरम दृष्य हेर्न र डुंगा सयर गर्न पुग्ने पर्यटकको संख्या बढेको हो । 

हेटौंडा र काठमाडौंबाट बढी पर्यटकहरु आउने गरेको स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

इन्द्रसरोबरमा हाल ४० वटा डुंगाबाट पर्यटकलाई सयर गर्ने सुविधा उपलब्ध गराइएको छ ।

यहाँ दैनिक १ सय ५० देखि २ सय ५० जनासम्म र शनिबार तथा बिदाको दिन ८ सय देखि ११ सय जनासम्म पर्यटक आउने गरेको व्यवसायीहरु बताउँछन् ।

सडकको सहज सुविधा हुँदा अधिकांश पर्यटक गाडी रिजर्भ गरेरै पुग्ने गरेका छन् ।

काठमाडौं र हेटौंडाबाट समान ३५ किलोमिटर दूरीमा रहेको इन्द्रसरोवर पुग्न २ घन्टा लाग्ने गर्दछ । पर्यटक पुग्ने क्रम बढेसँगै यहाँ होटल तथा होमस्टे फस्टाउँदै गएका छन् ।