
काठमाडौं । इन्डोनेसियामा हिजो दुर्घटना भएको लायन एयरको विमानका उपकरणमा अघिल्लो दिन नै गम्भीर समस्या देखिएको खुलासा भएको छ ।
उडान भरेको केही मिनेटमै दुर्घटना भएर समुद्रमा खसेको विमानका उपकरणमा अघिल्लो दिन नै समस्या देखिएको बीबीसीले जनाएको हो ।
बोईङ सेभेन थ्री सेभेन विमानको प्राविधिक लग बुकबाट प्राप्त जानकारी अनुसार आइतबार बालीबाट जाकार्ता आउनेक्रममा विमानको उपकरणमा गम्भीर समस्या देखिएको थियो ।
पाइटलले विमानको केही उपकरण ‘भर गर्न अयोग्य’ रहेको उल्लेख गरेका थिए । यती हुँदाहुँदै पनि विमान उडाउनुको कारणबारे अहिले चर्चा सुरु भएको छ ।
हिजो बिहान राजधानी जाकार्ताबाट पाङकल पिनाङ जाँदै गरेको विमान उडेको केही समयमै जाभा समुद्रमा खसेको थियो ।
विमानमा समस्या आएको भन्दै पाइलटले जाकार्ता विमानस्थलमा फर्कने अनुमती लिएलगत्तै राडारसँग उसको सम्पर्क टुटेको थियो ।
विमान समुद्रको ३० देखि ४० मिटरको गहिराइमा खसेको बताइएको छ । उद्धारकर्ताहरुले समुद्रमा केही शबहरु फेला पारेका छन् ।
परिचयपत्र, चालक अनुमतिपत्र लगायत यात्रुका व्यक्तिगत सामान पनि भेटिएको छ ।
उद्धार टोलीका प्रमुख बामव्याङ सुर्योले दुर्घटनामा कसैलाई पनि जिवितै फेला पार्न सकिने सम्भावना नरहेको बताएका छन् ।
म्याक्स एट सिरिजको उक्त विमान बोईङको नयाँ मोडलमध्येको एक भएको र केही महिना अगाडि मात्रै इन्डोनेसिया पुगेको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्