
काठमाडौं, असार १० । आइतबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकलेमात्र धनात्मक रह्यो ।
८ अंकले बढिसकेको नेप्से पछि झर्दै १ अंकलेमात्र सकारात्मक रहेर १२ सय १९ विन्दुमा आएर थामियो ।
यसदिन आधा समूह हरियो रहे भने आधा समूह रातो रहे । बिमा, उत्पादनमूलक, बित्त, विकास बैंक र वाणिज्य बैंक समूह हरियो रहे भने जलविद्युत, अन्य, लघुवित्त र होटल समूह रातो रहे ।
यसदिन १६७ कम्पनीका ७ लाख ५० हजार कित्ता सेयर २० करोड ९३ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्