८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौंमा जनसभा गर्ने, विप्लवले सम्बोधन गर्ने सभामा वैद्यलाई निम्तो


0
Shares

काठमाडौं, कार्तिक १३ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दैछ । भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो ।

सभामा एक लाखभन्दा बढी जनतालाई सहभागी गराउने योजना बनाएको नेकपाले जनाएको छ ।

सो सभामा पार्टीका महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला, सन्तोष बुढामगर लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलाई भने सभामा आमन्त्रण गर्ने भएको छ ।

हाल विप्लव कहाँ छन् भन्नेबारे जानकारी गराइएको छैन । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चियापान कार्यक्रममा विप्लव बस्ने स्थान पत्ता नलागेपछि सार्वजनिक सूचना जारी गरी निम्तो पठाइएको थियो । –नेपाल समाचारपत्र दैनिकबाट