८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024


नेप्से दोहोरो अंकले ओर्लियो, कारोबार पनि खुम्चियो


0
Shares

काठमाडौं, कात्तिक १२ । साताको दोस्रो दिन पनि बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो ।

बैंकिङ तरलता समस्याको असर बजारमा देखिएको विश्लेषण गरिएको छ ।

यसदिन कारोबार पनि खुम्चियो ।

यसदिन सेयरबजार परिसूचक नेप्से १० अंकले घटेर १२१६ मा आएर थामियो ।

यसदिन कारोबार भएका सबै समूह ऋणात्मक रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ७५ अंकले ओर्लियो । यस्तै, होटल समूह ४८ अंकले घट्यो । विकास बैंक, जलविद्युत्, उत्पादनमूलक, जीवनबिमा समूह पनि दोहोरो अंकले ओर्लिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ९ लाख ८७ हजार कित्ता सेयर जम्मा २४ करोड ९१ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।