काठमाडौं, कात्तिक १२ । पूर्वअर्थमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठको आइतबार राति पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ ।
पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा. श्रेष्ठको उपचारकाक्रममा मृत्यु भएको उनका भानिज दिनेश श्रेष्ठले जानकारी दिए ।
अर्थशास्त्री डा. श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतकारुपमा सेवा गरेका थिए ।
उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।
उनका भानिज श्रेष्ठकाअनुसार स्व. श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ । रासस









प्रतिक्रिया दिनुहोस्