९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


राष्ट्रपति भण्डारी दोहामा


0
Shares

दीपेन्द्र अधिकारी (रासस)

कतार, कात्तिक १२ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार दोहा आइपुगेकी छन् ।

राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशा बिन साद अल नोएमीले स्वागत गरेका थिए ।

मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिएलगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अलथानीको मैत्रीपूर्ण निमन्त्रणमा एक प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल सेराटोन ग्रान्ड प्रस्थान गरेकी छन् ।

सोमबारै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।