Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


टी–२० वरीयतामा नेपालका चार खेलाडी १०० भित्र


0
Shares

काठमाडौं, कात्तिक १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)अन्तर्गत् ट्वेन्टी–२० को नयाँ वरीयतामा नेपालका चार खेलाडी १०० भित्र पर्न सफल भएका छन् ।

नयाँ वरीयतामा कप्तान पारस खड्का, शरद भेषावकर, सोमपाल कामी र बसन्त रेग्मी अटाएका हुन् ।

ब्याटिङमा २६५ अंकसहित पारस ९४औं र २३८ अंकसहित शरद १००औं स्थानमा छन् ।

बलिङमा ३९७ अंकसहित बसन्त ७४औं तथा ३३८ अंकसहित सोमपाल ९२औं स्थानमा रहेका छन् ।

अलराउन्डरतर्फ ४८ अंकसहित पारस ३९औं तथा ४२ अंकसहित सोमपाल ६१औं स्थानमा रहेका छन् ।