Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


भेषावकरको पोखराको दोस्रो जित, पारसको चितवनको दोस्रो हार


0
Shares

काठमाडौं, कात्तिक १२ । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा स्थानीय पोखरा पल्टनले दोस्रो जित हासिल गरेको छ ।

तेस्रो खेलमा सोमबार पोखराले पारस खड्का नेतृत्वको चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १४० रन बनाएको थियो ।

सनी पटेलले २७ बलमा अविजित ४६ रन बनाएको इनिङ्समा पारसले ३२ बलमा ४४ रन जोडे । विक्रम भुसालले २ विकेट लिए ।

जवाफमा पोखराले १७ ओभर २ बलमै विजयी लक्ष्य पूरा गर्‍यो ।

भारतीय खेलाडी रविइन्दर सिंहले ४८ बलमा ६५ तथा कप्तान शरद भेषावकरले २० बलमा ३७ रन जोडे । करण केसीले १९ रन खर्चेर ३ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् ।

यो जितसँगै पोखरा तीन खेलबाट दुई जितसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने अंकविहीन चितवनले लगातार दोस्रो हार व्यहोरेको छ ।

काठमाडौं रोयल्सको लगातार दोस्रो जित

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको हुलास काठमाडौं रोयल्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

काठमाडौंले सोमबारै भएको पहिलो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सलाई ५ विकेटले हराएको हो ।

विराटनगरले दिएको १५० रनको चुनौती काठमाडौंले खेलमा ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

भारतीय खेलाडी गौरव तोमरले ६६ रन जोड्दा अमित श्रेष्ठले ३५ रनको योगदान दिए ।

यसअघि, खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।

विराटनगरका लागि पाकिस्तानी ब्याट्सम्यान मुहम्मद जैद आलमले ६७ रन जोड्दा सुनिल धमला र राजेश पुलामीले ३०/३० रनको योगदान गरे ।

काठमाडौंका बसन्त रेग्मी, सुशन भारी र गौरव तमोरले समान २/२ विकेट लिए ।

लगातार तेस्रो हार व्यहोरेसँगै विराटनगरको ‘प्लेअफ’मा पुग्ने सम्भावना कमजोर भएको छ ।