९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


मलेसियाका मन्त्रीद्वारा पशुपतिनाथको दर्शन


0
Shares

काठमाडौं, कार्तिक १२ । नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरानले आज बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

करीब दुई घण्टा पाशुपत क्षेत्रमा रहेका उनले पशुपतिनाथको मूल मन्दिर, १५ शिवालय, गोरखनाथलगायत विभिन्न मठमन्दिरको अवलोकन गरेका थिए ।

मन्त्री कुलाशेगरानलाई पशुपति विकास क्षेत्र कोषका कार्यकारी निर्देशक रमेश उप्रेती र सदस्यसचिव प्रदीप ढकालले अवलोकन गराएका थिए ।

सो अवसरमा कोषले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न मलेसियाका मन्त्रीसँग आग्रह गरेको थियो । 

सो क्रममा आफूले १० वर्ष अघि नौ दिन नेपाल भ्रमण गरेको स्मरण गर्दै मन्त्री कुलाशेगरानले मलेसियाका हिन्दू धर्मावलम्बीलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने बताएको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए ।

मन्त्री कुलाशेगरान नेपाल भ्रमणका लागि आइतबार राति काठमाडौँ आएका हुन् । (रासस)