Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पाल्पाको तिनाउ नदीमाथि पक्की पुल बन्ने


0
Shares

सीता पाण्डेय/ईमेज:

पाल्पा । पाल्पाको तिनाउ नदीमाथि पक्की पुल बन्ने भएको छ ।

पुल नहुँदा ठूलो जनधनको क्षतिका कारण सरकारी निकायमाथि परेको दबाबपछि नदीको माडीफाँट अम्लेहानमा पक्की पुल निर्माणको काम शुरु भएको हो ।

पुल निर्माण हुने भएपछि वर्षौँदेखि दुर्घटनाको जोखिम भोगिरहेका स्थानीयवासी निकै उत्साहित भएका छन् ।

वर्षायामको समयमा पाल्पाको तिनाउ नदीमा कतिजना मानिस सवारी साधन र पशुचौपाय बगे त्यसको कुनै हिसाबकिताब नै छैन ।

पटकपटकको दुर्घटनाका कारण सरकारी निकायमाथि नै ठूलो दबाब परेपछि अहिले नदीको माडीफाँट अम्लेहानमा पक्की पुल निर्माणको काम शुरु भएको छ ।

बर्षायाममा ज्यान जोखिममा राखेर तिनाउ नदी ओहोर दोहोर गर्दै आएका मदनपोखरा, दमकडा, माडी र सराईबासी पुल शिलान्यास भएपछि निकै खुसी देखिएका छन् ।

वर्षायाममा अम्लेहान तिनाउ नदीमा निर्माण भएको कल्भर्ट थुनिदा वर्षेनि सयौँ हेक्टर जमिन र बाली  नष्ट हुदै आएको स्थानीय हरिसुमर रेग्मीको भनाइ छ ।

स्थायी पुल नहुर्दा बर्षायाममा जिर्ण काठे पुल बाट जोखिम उठाएरै नदी वार पार गर्दै आएको तानसेन नगरपालिकाकी उपप्रमुख लक्ष्मीदेवी पाठक बताउँछिन् ।

६ करोड ४३ लाख रुपैयाको लागतमा निर्माण हुन लागेको अम्लेहान पुलको २०७५ असार ३० गते  काम शुरु गरी २०७६ असार ३१ गते सम्म निर्माण सम्पन्न गर्ने गरी रसुवा कन्ट्रक्सन कम्पनीले काम शुरु गरेको छ ।

पुलको बीचमा कुनै पिलर नहुने भएकोले ५ महिना भित्र पुल निर्माण गर्ने महत्वाकाँक्षी योजनाका साथ काम भइरहेको साईड प्रतिनिधी विकास  पाण्डे बताउँछन् । 

 

Skip This