Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


म्याग्दीमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने


0
Shares

म्याग्दी । म्याग्दीमा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ ।

अनुकूल मौसमका कारण धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

अहिले म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो सुरु भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार कालीगण्डकी र म्याग्दी नदी किनाराका बगरफाँट, रत्नेचौर, सिमलचौर, पिपलबोट, मौवाफाँटलगायत धानको पकेट क्षेत्रमा गौरिया, गुडुर, पोखरेली जेठोबुढो र लुम्ले बास्मती धानको खेती गरिएको छ ।

त्यसैगरी माथिल्लो क्षेत्र अर्थात् १ हजार ५ सयदेखि १ हजार ८ सय मिटर उचाइमा माछापुच्छ्रे–३ र छोम्रोङ धान लगाइएको छ ।

म्याग्दीको १ हजार ८ सय मिटर उचाईमा अवस्थित घार र मुनासम्म दर्माली, झिनुवा, मार्सी, कालो मार्सी र ताकमारेलगायतका रैथाने जातको धान खेती हुन्छ ।

ज्ञान केन्द्रका अनुसार जिल्लामा ३ हजार ८ सय ९५ हेक्टरमा गरिने धानखेतीबाट ९ हजार ५ सय ६० मेट्रिक टन धानको उत्पादन हुने गरेको छ ।