पाँचथर । पाँचथरको फिदिम नगरपालिकाका लेखाअधिकृत पेम्बा शेर्पाले सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विषयमा लेखा समितिले छानबिन गर्ने भएको छ ।
फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले लेखा अधिकृत शेर्पामाथि छानबिन गर्न निर्देशन दिएपछि लेखा समितिले एक हप्ताभित्रै छानबिन गर्ने भएको हो ।
शेर्पाले गरेको भनिएको अनियमिताका विषयमा तत्काल छानबिन गरी वास्तविकता सार्वजनिक गरिने समितिका संयोजक नरेन्द्र गुरुङले जानकारी दिए ।
अधिकृत शेर्पा दोषी देखिए कानुनी कारबाही गर्नेसमेत गुरुङले बताए ।
लेखा अधिकृत शेर्पाले फिदिम नगरपालिका–४ का मृत्यु भइसकेका कतिपय व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको खुलासा भएको थियो ।









प्रतिक्रिया दिनुहोस्