
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आज विहान अस्पताल भर्ना भएका छन् ।
प्रधानमन्त्री ओली आज बिहान चार बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
उनलाई अहिले मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखेर उपचार गरिँदै छ ।
केही दिनयता बिरामी परेका ओली स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।
रुघाखोकीसँगै ज्वरो आएका प्रधानमन्त्रीलाई हिजो भने ज्वरो केही घटेको थियो ।
चिकित्सकहरुले तीन दिनसम्म आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओलीले हिजो बाटुवाटारमै मन्त्रिपरिषद्को बैठक राखेका थिए ।
राति खोकी बढेपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्