Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


विश्वकप क्रिकेट ट्रफी राष्ट्रपतिको हातमा


0
Shares

काठमाडौं, कार्तिक ११ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज जानकारी लिएकी छन् ।

संयुक्त अरब इमिरेट्स (युएइ) बाट यही कार्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आज शीतल निवास पुर्‍याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् ।

आजै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ ।

अन्य सात राष्ट्रमा पनि सो ट्रफी पुर्‍याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पुर्‍याइँदै छ । (रासस)