काठमाडौं, कार्तिक ११ । नेपाल पर्यटन बोर्डले ‘पर्यटन उद्यमी सिड क्याम्प’का लागि २० वटा टोली छानिएको जनाएको छ ।
उद्यमी इनोभेसनसँगको सहकार्यमा बोर्डले संचालन गर्न लागेको पर्यटन उद्यमी क्याम्पमा ६१ वटा आवेदक टोलीबाट २० टोली छानिएको जनाइएको हो । बोर्डले आइतबार गरेको पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले दक्षिण एसियामा पहिलो पटक पर्यटन उद्यमी क्याम्प गर्न लागेको बताए ।
पर्यटन क्षेत्रमा धेरै नविन विचार आवश्यक भए पनि त्यस्तो आइडिया खासै नभएकाले यस्तो क्याम्प गर्न लागेको उनको भनाइ थियो ।
छानिएका २० टोलीलाई एक सातासम्म विभिन्न विषयमा प्रशिक्षण दिने बोर्डले जनाएको छ । पर्यटन सम्बन्धी उत्कृष्ट इनोभेसनलाई लगानीकर्तासँग समेत साक्षात्कार गराइने र त्यस्ता आइडियाको प्रबर्द्धनमा सघाउने बोर्डले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्