Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


आगामी मंसिरमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’


0
Shares

काठमाडौं, कार्तिक ११ । नविनतम प्रविधिको प्रयोग गरी सुरक्षित आवास निर्माणबारे एकैथलोमा सम्पूर्ण जानकारी दिने उद्देश्यले आगामी मंसिरमा राजधानीमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ आयोजना हुँदैछ ।

सुरक्षित र दिगो निर्माणका लागि प्राविधिक रुपान्तरण मुख्य उद्देश्यसहित ‘युथ कम्युनिटी फर नेप्लीज कन्ट्रयाक्टरर्स’ले काठमाडौंको भृकुटीमण्डपमा आगामी मंसिर ६ देखि ९ गतेसम्म ३ दिन मेला हुन लागेको हो ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराएका हुन् ।

मेलामा निर्माण क्षेत्रमा भित्रिएका नविनतम प्रविधिहरुको प्रदर्शनी गरिने आयोजकले जनाएका छन् । मेलामा ल्याण्ड एण्ड हाउजिङ कम्पनी, पेन्ट्स्, इन्टेरियर डिजाइनर, सिमेन्ट कम्पनी, फर्निचर एण्ड फर्निसिङदेखि बैंक तथा वित्तीय संस्था, बीमा, सौर्य ऊर्जा लगायत गरी २ सय बढी स्टल रहने जनाइएको छ ।

मेलाको २ लाख बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।