काठमाडौं, कार्तिक ११ । अनलाईन सपिङ कम्पनी ‘दराज’ले नोभेम्बर ११ का दिन विश्वकै सबैभन्दा ठूलो ‘सेल डे’ अफर घोषणा गरेको छ ।
नोभेम्बर ११ अर्थात कार्तिक २५ का दिन अनलाईन सपिङ गर्ने ग्राहकका लागि हरेक सामाग्रीमा ८० प्रतिशतसम्म छुट दिने अफर कम्पनीले ल्याएको हो ।
यसदिन किनमेल गर्ने ग्राहकका लागि भारी छुट, ब्राण्ड भौचर, मिस्ट्रि बक्सका साथै अन्य उपहारको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
यो सेल उत्सव ई कमर्श कम्पनीमध्ये अहिलेसम्मको सबैभन्दा ठूलो सेल हुने दाबी पनि कम्पनीको छ ।









प्रतिक्रिया दिनुहोस्