काठमाडौं, कार्तिक ११ । साताको पहिलो दिन आइतबार पूँजी बजारमा दोहोरो अंकको गिरावट आयो ।
आइतबार शेयर बजार परिसूचक नेप्से साढे १३ अंकले ओर्लिएर १२२७ विन्दुमा आइपुग्यो । यसदिन होटल समूहमात्र हरियो रह्यो भने अरु सबै समूहमा गिरावट आयो ।
निर्जीवन बीमा समूह सबैभन्दा उच्च ७९ अंकले घट्यो ।
जीवन बीमा समूहमा ४१ अंकको गिरावट आयो भने वाणिज्य बैंक समूह पनि करिब १६ अंकले ओर्लियो ।
यसदिन १६० कम्पनीको ११ लाख ९७ हजार कित्ता शेयर ३२ करोड ६४ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्