काठमाडौं, कार्तिक ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न चर्चा भईरहेका छन् । तर प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलिप शर्माले प्रधानमन्त्री ओलीलाई सामान्य रुघा खोकी र ज्वरोको समस्या देखिएको र स्वास्थ्य अवस्थामा सुधार भईरहेको जानकारी दिए ।
शनिबार दिउँसो सत्तारुढ दल नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित हुन नसकेको खबर फैलिएपछि उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो ।
११ बर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्य अवस्था यसैपनि संवेदनशील मानिन्छ । त्यसमाथि सत्तारुढ दलले दशैं लगायतका पर्वहरुको सन्दर्भ पारेर आयोजना गरेको चियापानमै उपस्थित हुन नसकेपछि सर्वत्र चासो र चर्चा हुनु स्वाभाविक पनि हो ।
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलिप शर्माले भने मौसमी रुघाखोकीका कारण प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको भन्दै तीन÷चार दिन आराम गरेपछि ठिक हुने जानकारी दिए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्