Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राष्ट्रपतिको कतार भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत


0
Shares

काठमाडौं, कार्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतारको भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राष्ट्रपतिको कार्तिक १२ देखि १५ गते सम्मको कतार भ्रमण स्वीकृत गरेको हो ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा भण्डारीले कतारको तीन दिने भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणको क्रममा कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा, प्रेस तथा सूचना र कुटनीतिक राहदानीबाहकलाई प्रवेशाज्ञा छुट दिने सम्बन्धमा पनि समझदारी पत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

बैठकले नेपाल र मलेसियाबीच कामदार भर्ना रोजगारी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अधिकार दिने निर्णयसमेत गरेको छ ।