Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालद्वारा पाकिस्तान ९–० ले पराजित, अर्को चरणमा पुग्ने सम्भावना बलियो


0
Shares

बैंकक, कार्तिक ११ । थाइल्याण्डमा भएको १९ वर्ष मुनिको एएफसी च्याम्पियनसिप महिला फुटबल छनोटको अन्तिम खेलमा नेपालले पाकिस्तानमाथि फराकिलो जित हासिल गरेको छ ।

नेपालले खेल ९–० ले जितेको हो । नेपालका लागि निशा थोकरले ह्याट्रिक पूरा गरिन् । त्यसैगरी पूजा रानाले दुई तथा मञ्जली कुमारी, सम्झना लावती, एलिसा जिम्बा र सरु लिम्बुले एक–एक गोल गरे । 

पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० ले पराजित भएको नेपालले दोस्रो खेलमा भारतलाई २–० ले हराएको थियो ।

पाकिस्तानमाथि शानदार जित हासिल गरेसँगै नेपालको अर्को चरण पुग्ने सम्भावना बलियो भएको छ । हरेक समूहको शीर्ष टोली सिधै दोस्रो चरणका लागि छनोट हुनेछ भने समूहमा दोस्रो बन्ने ६ वटा टोलीमध्येबाट उत्कृष्ट दुई टोली अर्को चरणमा पुग्नेछन् ।

च्याम्पियनसिप फुटबल अर्को बर्ष थाइल्याण्डमा हुँदैछ ।