Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


नगरकोटमा दोहोरो करविरुद्ध आन्दोलन


0
Shares

जयराम बास्तोला 

भक्तपुर । दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोरो कर लिएको भन्दै नगरकोटका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र होटलमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । 

दबाबस्वरुप आइतबार कालो झण्डासहित विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर उनीहरुले नगरकोट बजार परिक्रममा गरेका हुन् । उनीहरुले दुई स्थानीय सरकारको कर नीतिले हजारौं मजदुरको रोजीरोटीमा असर पर्ने दाबी गरे । 

दोहोरो करको नीतिले सरकारले मनाउने भनेको पर्यटन वर्ष २०२० लाई समेत गम्भिर असर पर्ने उनीहरुको भनाइ छ । 

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा असोज २९ गतेदेखि दोहोरो कर लागेको हो । दुबै नगरपालिकामा गरेर करिब एक सय होटल तथा रेष्टुराँ नगरकोटमा छन् । जसमा सामान्यदेखि तारे होटलसमेत छन् । 

चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी भन्ने स्थानमा न्यु दक्षिणकाली निर्माण सेवाले कर उठाउदैं आएको छ । चाँगुनारायणले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय र सार्क बाहिरकालाई ३ सय रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ । 

मण्डनदेउपुरतर्फ भने मन्जरी निर्माण सेवाले ठेक्का पाएर कर लिन सुरु गरेको हो । उक्त कम्पनीले सार्क राष्ट्रका पर्यटहरुसँग २ सय २६ र सार्क बाहिरकालाई ३ सय ३९ रुपैयाँ लिदैं आएको छ ।