
काठमाडौं, असार १० । आदिवासी जनजाति चलचित्र महासंघले काठमाडौंमा तीनदिने दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्न लागेको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी महासंघले त्यसबारे जानकारी गराएको हो ।
महोत्सवमा १४ ओटा आदिवासी जनजाति चलचित्र, वृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिनेछ ।
साथै, आदिवासी जनजाति समुदायका खाना र भेषभूषा आदिका स्टलहरु पनि राखिनेछ ।
महोत्सव यही असार १५ देखि १७ गतेसम्म सन्चालन हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्