
दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरिगैराकी एक आमाले आफ्ना दुई नाबालक छोरालाई विष खुवाएपछि एक छोराको मृत्यु भएको छ ।
२४ वर्षीया कल्पना नेपालीले आफ्ना दुई छोरा ७ वर्षे आयुष र ६ महिने अंकित नेपालीलाई विष खुवाएर आफूले पनि विष खाएपछि आयुषको मृत्यु भएको हो ।
६ महिने अंकित र उनलाई भने उपचारका अस्पताल भर्ना गरिएको छ ।
उनीहरुको जिल्ला अस्पताल दैलेखमा उपचार हुन नसकेपछि सुर्खेतको देउती नर्सिङ होममा रिफर गरिएको छ ।
पारिवारिक झगडाका कारण विष सेवन गरेको भनिए पनि कल्पना नेपाली अचेत रहेकाले खास कारण खुल्न सकेको छैन ।
६ महिने अंकितको अवस्थासमेत गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्