कविराज घिमिरे/ईमेज:
धनकुटा । महंगो मूल्यमा बिक्री हुने भएकाले अलैँचीलाई ‘खोल्सीको कालो सुन’का रुपमा लिइन्छ ।
तर पछिल्लो समयमा भने अलैंचीको मूल्यमा लगातार गिरावट आइरहेको छ । अलैचीको मूल्यमा गिरावट आएसँगै अलैँची कृषक भने निराश देखिएका छन् ।
विशेष गरी पूर्वी जिल्लाहरुमा व्यापक रुपमा उत्पादन गरिने अलैँची धनकुटामा पनि पाइन्छ ।
बजारमा हरेक समानको मूल्य एकाएक उकालो लागिरहेको छ तर अलैँचीको मूल्य वर्षेनी घटिरहेको छ ।
यस्तो असन्तुलनले अलैंची कृषकहरु बढी मर्कामा परेका छन् । कुनै बेला अलैंची खेतीमा राम्रो संभावना देखेर लागेका धेरैजसो कृषक अहिले विचलित हुन थालेका छन् ।
२०३९ सालमा प्रतिमन २ हजार १ सय रुपैयाँ पर्ने अलैचीको मूल्य चार बर्ष अघिसम्म प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो ।
तर त्यसपछि लगातार खस्किएको अलैचीको मुल्य अहिले प्रतिमन ३० हजार रुपैंयाँ झरेको छ ।
अर्कोतिर यसको उत्पादन पनि विभिन्न रोगकिराको प्रकोपका कारण घट्दै गएको छ ।
जसका कारण झनै समस्यामा परेको स्थानीय कृषक रत्न बहादुर थापा गुनासो गर्छन् ।
मूल्य र उत्पादनमा आएको गिरावटले यस्ता अरु कृषक पनिे चिन्तित छन् ।
मुल्यमा आएको गिरावटको कारण धनकुटाका धरै किसानले पुरानो अलेचिनै बिक्रि गर्न सकेका छैनन् ।
अहिलेको मूल्यमा बिक्री गर्दा लगानी उठाउनै नसकिने अर्का महालक्ष्मी नगरपालिकाका कृषक बिनोद थापा बताउँछन् ।
कृषकको मात्र होइन मूल्यमा आएको गिरावटले व्यापारीलाई समेत विक्रीको लागि समस्या परिरहेको छ ।
नेपालबाट भारत जाने अलैंचीमा नक्कली अलैची मिसावट हुनसक्ने भएकोले मूल्यमा गिरावट आएको कतिपयको बुझाइ छ ।
उसो त नेपालमा अलैचीको गुणस्तर जाँच गर्ने क्वारेन्टईनको पनि समस्या छ ।
लगातार आएको मूल्यको गिरावटले निराश बनेका कृषकलाई प्रोत्साहित गर्न नसके यसतर्फ विकर्षण बढ्ने संभावना पनि उत्तिकै छ ।









प्रतिक्रिया दिनुहोस्