२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


व्यापार मेलामा दुई दिनमा साढे तीन लाख बढीको कारोवार


0
Shares

कन्चनपुर । कञ्चनपुरको बेलौरीमा जारी प्रथम बेलौरी पर्यटकीय महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलामा दुई दिनमा साढे तीन लाख रुपैयाँभन्दा बढीको कारोवार भएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको दुई दिनमा झन्डै १६ हजार दर्शकले अवलोकन गरेका छन् ।

थारू संस्कृति, मौलिक परिकार तथा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादनलगायतका सामग्रीलाई मेलाका आकर्षणका रूपमा राखिएका छन् ।

दैनिक ८ हजार दर्शकले मेलाको अवलोकन गरेको प्रचार प्रसार समितिका अध्यक्ष यज्ञ कँडेलले बताए ।

उनले दुई दिनमा साढे तीन लाख रुपैयाँभन्दा बढीको कारोबार भएको बताए ।

१० दिनसम्म चल्ने मेलाको एक लाखभन्दा बढीले अवलोकन गर्ने र चार करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।