काठमाडौं, कात्तिक १० । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको जलविद्युत् विकासमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् ।
सर्बियामा आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा उनले नेपालको जलविद्युत्मा खुलेर लगानी गर्न आह्वान गरेका हुन् ।
नेपालको जलविद्युत्मा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनीलगायत निकायले आफ्नो योजनाका आधारमा गर्नसक्ने मन्त्री पुनले बताएका थिए ।
कम्पनीले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न पाउने र लगानीकर्ताले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले सहयोग गर्ने उनले बताएको मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्