
काठमाडौं, कात्तिक १० । नेपाल कृषिप्रधान मुलुक भएर पनि अर्बौं रुपैयाँको दैनिक उपभोग्य वस्तुको आयात भएको छ ।
चालू आर्थिक वर्षको तीन महिनामामात्रै ६ अर्ब ४१ करोड रुपैयाँको दैनिक उपभोग्य वस्तुहरु गेडागुडी, दाल र तेल आयात भएको छ ।
दैनिक उपभोग्य वस्तुहरु नुन, खाद्यान्न, तरकारी, गेडागुडीजस्ता वस्तुहरु विभिन्न देशहरुबाट आयात हुने गरेको छ ।
खाद्यान्नअन्तर्गत् आयात हुने वस्तुमध्ये चामलमात्रै एक अर्ब बढीको आयात भइसकेको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा एक अर्ब एक करोड ३७ लाख रुपैयाँ बराबरको ३९ हजार ६५० टन चामल आयात भएको छ ।
यस्तै, ७६ करोड ८१ लाख रुपैयाँ बराबरको गेडागुडी र दाल आयात भएको छ ।
तेल ४ अर्ब ६४ करोड रुपैयाँ बराबरको आयात भएको छ । तेल पोर्चुगल, पाराग्वे, युक्रेन, मलेसिया, थाइल्यान्डलगायतका देशहरुबाट आयात हुँदै आएको छ ।
आलु भारत र बंगलदेशबाट आयात हुने गरेको छ ।
त्यस्तै, लसुन चीन र भारतबाट आयात हुने गरेको छ । काउली, बन्दा, गाजरजस्ता तरकारी भारतबाट आयात हुने गरको छ ।
चीज, बटर, दही, दुग्धजन्य मिठाइ, अन्डा, मह पनि भारतबाटै आयात हुने गरेको छ ।
यस अवधिमा ६९ करोड ४७ लाख रुपैयाँ बराबरको एक लाख ६२ हजार टन केराउ आयात भएको तथ्यांक छ । केराउ क्यानडा, चीन, मलवी, म्यानमार, ओमान, रसिया, युक्रेनबाट आयात हुने गरेको छ ।
यस अवधिमा ७५ करोड २० लाख बराबरको चना पनि आयात भएको छ । चना अष्ट्रेलिया, भारत र म्यानमारबाट आयात हुने गरेको छ ।
नरिवल भारत, भियतनाम र सिगांपुरबाट आयात हुने गरेको छ भने ओखर भारत, चीन र अमेरिकाबाट आयात हुने गरेको छ ।
फलफूलमा आँप र अम्बा भारत र थाइल्यान्डबाट आयात हुँदै आएको छ भने अंगुर भारत, चीन र अफगानिस्तानबाट आयात हुने गरेको छ ।
चालू आर्थिक वर्षको तीन महिनामा भारतबाटमात्र ७ करोड ४८ लाख रुपैयाँ बराबरको मेवा आयात भएको छ ।
समीक्षा अवधिमा एक अर्ब ६६ करोड रुपैयाँको स्याउमात्रै आयात भएको छ । भारत र चीनबाट २४ हजार २३७ टन स्याउ आयात भइसकेको छ ।
गहुँ मलेसिया, भारतबाट र बेलायतबाट आयात हुने गरेको छ । मकै भारत, चीन र कोरियाबाट आयात हुने गर्दछ ।
फलफूलका जुसहरु बंगलादेश, थाइल्यान्ड, मलेसिया, कोरिया, फिलिपिन्स, बेलायत र युएईबाट आयात हुने गरेको भन्सार विभागले जनाएको छ ।
नरिवल, काजु, पिस्ता, बदामलगायतका मसलाजन्य वस्तुहरु सिंगापुर, अफगानिस्तान, भारत र चीनबाट आयात हुँदै आएका छन् ।
उत्पादन लागत घटाइ र स्वदेशी उत्पादनको प्रयोगलाई बढावा नदिने हो यस्ता वस्तुको आयात दिन–प्रतिदिन थप बढ्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्