२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कम्युनिस्ट पार्टी पतनको दिशामा : खाँण


0
Shares

बुटवल, कात्तिक १० । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालमा कम्युनिस्ट पार्टी पतनको दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।

शनिबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले अबको १० वर्षमा नेपालमा कम्युनिस्ट पार्टी नरहने उनीहरुकै सिद्धान्तले पुष्टि गरेको दाबी गरे ।

नेता खाँणले तीनै तहका सरकारले जनचाहनाअनुरुप काम गर्न नसकेको र उद्योगी–व्यवसायीलाई आतंकित पार्ने काम गरेको बताए ।

अर्को प्रसंगमा उनले गुटबन्दीका कारण कांग्रेस कमजोर बनेको स्वीकार गरे ।