काठमाडौं, कात्तिक १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा शनिबार चियापान गरेको छ ।
काठमाडौंको भृकुटीमन्डपमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेकपासहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, संवैधानिक निकायका पदाधिकारी, नागरिक समाजका अगुवा, कूटनीतिज्ञलगायतको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली भने चियापान कार्यक्रममा उपस्थित भएका छैनन् ।
प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो आएपछि उनी निवासमै आराम गरिरहेको स्वकीयसचिव राजेश बज्राचार्यले जानकारी दिए ।
चियापानमा सहभागी हुन करिब ५० हजार व्यक्तिलाई निम्ता पठाइएको नेकपाले जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्