
काठमाडौं, कात्तिक १० । काठमाडौंको बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको मूलगेटनजिकै ढलमा खसेर शनिबार बिहान एकजनाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरकाअनुसार मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१५, चागलका श्याम श्रेष्ठ रहेका छन् ।
शनिबार बिहान साइकलमा सवार श्रेष्ठ खाल्डोमा खसेपछि निस्कन नसकेर निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानकाक्रममा खुलेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब निरीक्षक बलराम झाले जानकारी दिए ।
‘उक्त स्थानमा महिनौंदेखि ढलको छोप्ने भाग खुला रहँदै आएको थियो । बिहानै अँध्यारोमा साइकल लिएर हिँड्दा श्रेष्ठ खाल्डोमा खसेको हुनुपर्छ’–उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्