Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश १ मा ६० प्रतिशत दुर्घट्ना छाडा चौपायाका कारण


0
Shares

रविन भट्टराई/ ईमेज:

झापा । प्रदेश १ मा सडक दुर्घटनाका घटना वृद्धि हुँदै गएको छ ।

प्रदेश १ मा दैनिक ४ देखि ६ वटासम्म सडक दुर्घटनाका घटना हुने र कम्तिमा २ जनाको मृत्यु हुने गरेको प्रहरीको तथ्यांक छ ।

जसमध्ये ६० प्रतिशत दुर्घटना छाडा चौपायाका कारण भएको देखिएको छ ।

दशैंको अवधिभर प्रदेश १ मा ४१ वटा सवारी दुर्घटनामा  १० जनाको ज्यान गएको छ ।

तीमध्ये ६० प्रतिशत दुर्घटना सडकमा जथाभावी हिड्ने छाडा चौपायका कारण देखिएको छ ।

झापा र मोरङका स्थानीय जंगलका छाडा चौपायाका कारण सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

मोरङको बेलबारीदेखि उर्लाबारी तथा झापाको दमकदेखि चारपाने क्षेत्रको सडकमा छाडा चौपायाका कारण बिहान र बेलुकाको समयमा सडक दुर्घटना बढी हुने गरेको चालकहरु बताउँछन् ।

प्रदेश १ मा दैनिक ४ देखि ६ वटा ठुला सवारी दुर्घटनामा हुने गरेको छ । दुर्घटनामा कतिपयको ज्यानै जान्छ भने कतिपय अंगभंग बन्छन् ।

प्रदेश १ मा लगभग १ हजार २ सय ५६ किलोमिटर कालोपत्रे सडक, ३ हजार ५ सय ३३ किलो मिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलो मिटर ग्राभेल सडक रहेको छ ।

ती सबैजसो सडकमा पशुचौपायको कारण दुर्घटनाको जोखिम छ ।

थोरै जनशक्ति र सडक क्षेत्र धेरै हुँदा चौपाया व्यवस्थापनमा समस्या रहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईको भनाइ छ ।