५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


विनियोजन विधेयकमाथि छलफल जारी


0
Shares

काठमाडौं, असार १० । संसदमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकहरुमाथिको छलफल आइतबार पनि जारी रह्यो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमा विनियोजन विधेयकमाथि छलफल भयो ।

बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक २०७५ अन्तर्गत् ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।

यस्तै, सांसद दुर्गा पौडेलले ऊर्जा, सिंचाइ, परराष्ट्र र गृह, अर्का सांसद लक्ष्मी परियारले ऊर्जा, जलस्रोत तथा सिँचाइ र सांसद मीना पाण्डेले पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत् गरे ।

सांसद देवेन्द्रराज कँडेलले गृह मन्त्रालय र अर्का सांसद सञ्जयकुमार गौतलमले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव पेस गरे ।