Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा वृद्धि


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । भदौको तुलनामा असोजमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

चालू आर्थिक वर्षको असोज महिनामा मात्रै १२ हजार ७ सय ९६ जना पर्यटकले चितवन निकुञ्जको भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । 

तीमध्ये १० हजार २४ जना विदेशी, १ हजार ३ सय ९९ सार्क मुलुक र १ हजार ३ सय ७६ जना नेपाली नागरिक रहेका छन् ।

भदौमा ७ हजार ३ सय ६३ जना र साउनमा ८ हजार ३ सय ९४ जनाले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ को सुरुवाती तीन महिनामा २८ हजार ५ सय ५३ जना पर्यटकले अवलोकन गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

चितवनको पर्यटकीय नगरी सौराहाबाट सबैभन्दा बढी पर्यटक निकुञ्ज अवलोकन गर्न पुगेका थिए ।

सौराहा प्रवेशद्वारबाट ३ महिनामा २० हजार ६ सय ९१ जना विदेशी पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।