Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


विद्युतीय कारोबार नियमावलीको तयारी : अर्थमन्त्री


0
Shares

काठमाडौं, कात्तिक ९ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय कारोबारका लागि छिट्टै नियमावलीको तयारी सरकारले गरिरहेको बताएका छन् ।

सरकारले ई कमर्सका लागि तयारी गरिरहेको भन्दै उनले नियमावलीको तयारी पनि भइरहेको बताएका हुन् ।

नेपाल क्लियरिङ हाउसको ई पेमेन्ट सिस्टमको शुक्रबार उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले विद्युतीय कारोबार पारदर्शी हुने भएकाले सरकारले यस्तो गृहकार्य गरिरहेको बताए ।

विद्युतीय कारोबारले झुत्रा नोटको कारोबारको अन्त्य गर्ने उनको दाबी छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले विद्युतीय कारोबारले कारोबारलाई पारदर्शी बनाउन सहयोग गर्ने भएकाले अन्य वित्तीय संस्थाहरुले पनि विद्युतीय कारोबारलाई जोड दिनुपर्ने बताए ।

नेपाल क्यिरिङ हाउसले सुरु गरेको आइपीएस कारोबारले अन्तरबैंक कारोबारलाई सहज बनाउन सहयोग गर्ने जनाइएको छ ।