काठमाडौं, कात्तिक ९ । इंग्ल्यान्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाईसम्म आयोजना हुने विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ ।
ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ ।
ट्रफी आगामी सोमबारसम्म नेपालमा राखिने जनाइएको छ ।
आइसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेकाअनुसार ट्रफीलाई शनिबार बिहान पोखरा लगिनेछ ।
नेपालमा रहँदा ट्रफीलाई स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्याइनेछ ।
क्रिकेट समर्थक र सर्वसाधारणलाईसमेत ट्रफीसँग तस्वीर खिच्न दिइनेछ ।
आइसीसीले विश्व भ्रमणका दौरान विश्वकप ट्रफी नेपालमासमेत प्रदर्शन गरिरहेको हो ।
नेपालले एकदिवसीय मान्यता पाएको अवसरमा ट्रफी नेपाल ल्याइएको हो ।
विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० सहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्