Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


निर्वाचन आयोगद्वारा सत्तारुढ नेकपाको नामलाई वैधानिकता


0
Shares

काठमाडौं, कात्तिक ९ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामलाई वैधानिकता दिएको छ ।

साविक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेपछि आयोगमा पहिल्यैदेखि उक्त नामको पार्टी दर्ता रहेको भन्दै ऋषि कट्टेल पक्षले आयोगमा निवेदन दिएको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरु इला शर्मा, ईश्वरीप्रसाद पौडेल र नरेन्द्र दाहलको इजलासले शुक्रबार दुई दलको फरक–फरक अस्तित्व देखिएको भन्दै कट्टेलको निवेदन खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले सत्तारुढ दलको कोष्ठभित्र नेकपा रहेकाले फरक पहिचान कायम हुने निष्कर्ष निकालेको हो ।