Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


एएफसी यु–१९ महिला छनोट फुटबलमा नेपालले भारतलाई हरायो


0
Shares

काठमाडौं, कात्तिक ९ । थाइल्यान्डमा जारी १९ वर्षमुनिको एएफसी महिला छनोट फुटबलमा नेपालले शुक्रबार शानदार प्रदर्शन गरेको छ ।

नेपालले आफ्नो दोस्रो खेलमा भारतमाथि शानदार जित निकालेको हो ।

नेपाल २–० ले विजयी भयो ।

मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको नेपालले मध्यान्तरपछि गोल गरेको हो । नेपालका लागि दुवै गोल रेखा पौडेलले गरिन् ।

यो जितसँगै नेपालको प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको छ ।

नेपाल पहिलो खेलमा आयोजक थाइल्यान्डसित ३–० ले पराजित भएको थियो ।

नेपालले छनोटको अन्तिम खेलमा कात्तिक ११ गते पाकिस्तानसित प्रतिस्पर्धा गर्नेछ ।

पहिलो चरणमा विभिन्न ६ समूहमा २५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । जसमा समूहका शीर्ष स्थान हासिल गर्ने टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।

प्रत्येक समूहबाट उत्कृष्ट हुने दुई उपविजेता पनि अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।