८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार १० । कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशीला मिश्र भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत् गरेकी हुन् ।

नीति तथा कार्यक्रममा पूर्वाधार विकासमा जोड, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मणक सुधार, उद्यम र सहकारिताको विकास, मानव संशाधन र सामाजिक विकास, पर्यटन प्रवद्र्धन तथा सूचना–प्रविधि र सन्चार क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।

नगर क्षेत्रभित्र रहेका सडकको स्तारोन्नति गरेर बाह्रै महिना सन्चालन गरिने, नगरमा विद्युत्को सुदृढीकरण र वैकल्पिक ऊर्जालाई प्रवद्र्धन गर्ने, गरिबी, विपन्नता पछौटेपनको अन्त्य गर्ने, विभिन्न समुदायका कला, संस्कृति, साहित्यको प्रवद्र्धन गर्नेलगायत विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै, दलित, जनजाति, लोपोन्मुख, सीमान्तकृत, गरिबका लागि रोजगार तथा अरु आय–आर्जनका कार्यक्रम सन्चालन गरिने जनाइएको छ ।

नगरसभामा आर्थिक वर्ष २०७५/७६ का लागि १ अर्ब ७९ करोड ३४ लाख रुपैयाँको अनुमानित आय–व्यय प्रस्तुत् गरिएको छ । जसमा चालू खर्चतर्फ ८० करोड ४९ लाख रहेको छ भने पुँजीगततर्फ ९८ करोड ८५ लाख रहेको छ ।