३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


0
Shares

काठमाडौं, असार १० । सांसदहरुले समसामयिक समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले भौतिक, पूर्वाधार मन्त्रालय शीर्षकमा विनियोजन विधेयक २०७५ माथि छलफल गर्न ढिलाइ भएकोप्रति विरोध गरिन् ।

यस्तै, सांसद बहादुरसिंह लामाले भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि अझै पीडितले राहत पाउन नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद सीताराम मेहताले सुनसरीमा वर्षेनि बाढीले पुर्‍याएको क्षति न्यूनीकरणका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विरोध खतिवडाले विनियोजन बजेट छलफलकाक्रममा ठूला आयोजनालाईमात्र छलफलको विषय बनाइएको भन्दै विरोध जनाए ।

सांसद बिन्दा पाण्डेले विदेशमा मृत्यु भएका, गम्भीर बिरामी रहेका र जेल परेका नेपालीको तथ्यांक माग गर्दै समस्यामा परेका नेपालीलाई सहयोगको पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।