११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


दिल्ली प्रस्थान गर्दै दाहालले भने– राजनीतिक भेटवार्ता हुँदैन


0
Shares

काठमाडौं, कार्तिक ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भारततर्फ प्रस्थान गरेका छन् ।

इन्डिया फाउन्डेसनले नयाँदिल्लीमा गर्न लागेको संगोष्ठीलाई सम्बोधन गर्न दाहाल भारत गएका हुन् । 

संगोष्ठीमा दाहालसँगै भारतीय वित्त मन्त्री अरुण जेट्ली तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि सम्बोधन गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै दाहालले भ्रमणमा राजनीतिक भेटवार्ता नहुने बताए । उनले आफू उक्त कार्यक्रममा सहभागी भएर आजै बेलुका नेपाल फर्कने बताए ।

विचार निर्माणसम्बन्धी कार्यक्रम भएकाले उक्त कार्यक्रमले दक्षिण एसियामा विचार निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने महसुस गर्दै आफू सहभागी हुन लागेको दाहालले बताए । कार्यक्रममा आफूले पार्टी र देशको दृष्टिकोण राख्ने बताए ।