
काठमाडौं, कात्तिक ८ । साताको अन्तिम दिन बिहीबार पुनः पुँजीबजारमा गिरावट आयो ।
नेप्सेको अनलाइन कारोबार सुरु गर्ने तयारीसँगै बुधबार ८ अंकले बढेको नेप्से बिहीबार करिब ९ अंकले झरेर १२ सय ४१ विन्दुमा आइपुग्यो ।
यसदिन उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो ।
उत्पादनमूलक समूहमा ४९ अंकको वृद्धि आयो ।
यसदिन १५६ कम्पनीका ९ लाख ४८ हजार कित्ता सेयर २७ करोड ७१ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्