काठमाडौं, कात्तिक ८ । सरकारले चिनी उद्योगीसँग उखु उत्पादक किसानलाई भुक्तानी गरेको र बक्यौताको विवरण माग गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्बन्धित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गर्दै यसबारे जानकारी मागेको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार उखु कृषकले रकम पाए/नपाएको अवस्था बुझ्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीमार्फत् विवरण माग गरेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले जानकारी दिए ।
कुनैपनि उखु किसानले रकम नपाएको भन्ने गुनासो आउनासाथ तत्कालै कृषि तथा पशुपक्षी विकास मन्त्रालय वा गृह मन्त्रालयलाई जानकारी दिन भनिएको उनले बताए ।
हालसम्म कुनैपनि जिल्लाबाट त्यस्तो गुनासो प्राप्त नभएको पनि उनले जानकारी दिए ।
उद्योगीले दुई अर्ब रुपैयाँ उखु किसानलाई भुक्तानी गर्न बाँकी रहेको तथ्यांक यसअघि सरकारले तयार पारेको थियो ।
सरकारले दसैंअगाडि नै कृषकले पाउनुपर्ने रकम तत्काल भुक्तानी नगरे उद्योगीलाई पक्राउ गरेर कारबाही गर्ने चेतावनी दिएको थियो ।
सार्वजनिक लेखा समितिले पनि उखु किसानको बाँकी रकम उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको थियो ।









प्रतिक्रिया दिनुहोस्