
बिराज रोस्यारा
कैलाली, कार्तिक ८ । सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार त्रिनगर भन्सार कार्यालयबाट वर्षेनि आयात बढ्दै गए पनि निर्यात बढ्न सकेको छैन ।
प्रत्येक बर्ष आयात बढेसँगै भन्सार कार्यालयको राजश्वमा पनि बृद्धि भइरहेको छ । चालु आर्थिक बर्षको पहिलो ३ महिनामा कैलाली भन्सार कार्यालयले १ अर्ब १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । असोजमा मात्रै ५७ करोड २ लाख २७ हजार रुपैयाँ राजश्व संकलन भएको छ भने भदौ महिनामा ३८ करोड १५ लाख ५२ हजार रुपैयाँ संकलन भएको छ ।
यस आर्थिक बर्षको पहिलो महिनामा २९ करोड ३० लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायण जोशीले बताए ।
गत अर्थिक बर्षको पहिलो तीन महिनाको तुलनामा यस आर्थिक बर्षको तीन महिनामा राजश्व संकलन उकालो लागेको उनले बताए ।
राजश्व बृद्धि हुनुमा भन्सार चुहावट कम हुनु मुख्य कारण रहेको भन्सार कार्यालयले जनाएको छ । कुल राजश्वको ४५ प्रतिशत पेट्रोलियम पदार्थ मार्फत संकलन भइरहेको छ ।
पछिल्लो समय चामल र गहुँजस्ता खाद्यबस्तुको पनि आयात बढेको भन्सार कार्यालयको भनाइ छ । चालु आर्थिक बर्षका लागि ५ अर्ब ३७ करोडको राजश्व लक्ष्य निर्धारण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्