१६ आश्विन २०८०, मंगलबार | Tue Oct 3 2023


‘सीपयुक्त कामदारको अभाव’


0
Shares

काठमाडौं, कात्तिक ७ । निर्माणका क्षेत्रमा काम गर्ने नेपाली सीपयुक्त श्रमिकहरु कमैमात्र हुने गरेको जनाइएको छ ।

नेपाली श्रमिकहरु पर्याप्त रहेपनि आवश्यक सीपयुक्त श्रमिकहरुको अभाव रहेको बताइन्छ ।

विभिन्न देशहरुबाट सीपयुक्त श्रमिक ल्याउनुुपर्ने बाध्यता रहेको व्यवसायीहरु बताउँछन् ।

विभिन्न निर्माण कार्यहरुमा नेपाली श्रमिक पहिलेको तुलनामा अहिले बढी नै पाइने गरे पनि सीपयुक्त कामदारको अभाव रहेको व्यवसायी बताउँछन् ।

विभिन्न निर्माणका क्षेत्रहरुमा जटिल कामहरु गर्नका लागि भारत, बंगलादेश तथा अरु मुलुकहरुबाट जानकार कामदार ल्याउनुपर्ने अवस्था रहेको उनीहरु बताउँछन् ।